काठमाडौ, १५ माघ(एजेन्सी) : खुंखार आतंकवादी संस्था इस्लामिक स्टेट(आईएसआईएस)ले जारी गरेको नयाँ भिडियोमार्फत अमेरिकाका राष्ट्रपति बाराक ओबामाको टाउको छिनाउने धम्की दिएका छन् । यस्तै, आतंककारीहरूले अमेरिकालाई आफ्नै हिसाबले इस्लामिक स्टेट बनाउने धम्की पनि दिएका छन् ।
जापानका बन्धक बनाइएका पत्रकार केन्जो गोटोले यदी २४ घण्टाभित्र साजिदा मुबारकलाई रिहा नगरिए आफू र जोर्डनका विमानचालक मुआद कसाबेहको टाउको काटिदिने धम्की दिएको बताएको भिडियो सार्वजनिक भएपछि आएको हो । यता जोर्डन साजिदाको रिहा गर्ने तयारी गरिरहेको बताइएको छ ।
नयाँ भिडियोमा कालो लुगा लगाएका एक नकाबधारी आतंकीले भनेका छन्, ‘ध्यान रहो ओबामा, हामी अमेरिका आइपुग्न लागेका छौ । यो पनि सुन, हामी व्हाइट हाउसमा नै तिम्रो टाउको छिनाउनेछौ र अमेरिकालाई इस्लामिक स्टेट बनाउछौ ।’
ती नकाबधारीले अगाडि भनेका छन्, ‘हामी कार बम र विस्फोटक लिएर आउँछौ । त्यसपछि तिम्रो टाउको छिनाउनेछौ ।’ भिडियो अन्त्यमा आतंकीले घुँडा टेकेर बसिरहेको एक कुर्दिश युवकको घाँटी रेटेर हत्या गरेका छन् ।
जिहादी गतिविधीहरूलाई अनुगमन गरिरहेको वेबसाइट मेमोरीले भिडियोमा भनिएको अरबी शब्दहरूलाई अंग्रेजी रूपान्तरण गरेको छ । इस्लामिक स्टेटले अमेरिकालाई मात्र नभई फ्रान्स र बेल्जियमलाई समेत धम्की दिएको छ ।
यता जापानले केन्जी गोटोलाई छुटाउनका लागि आफ्नो प्रयास तिव्र पारेको छ । जापानका विदेशमन्त्री फुमियो किशिदाले भने, ‘भिडियो जारी गरेर केन्जीलाई २४ घण्टाभित्र हत्या गर्ने धम्की दिएको छ । यसका लागि हामी जोर्डनसँग मद्धत माग्नेछौ ।’
यो भिडियो सार्वजनिक भएपछि केन्जीकी आमाले प्रधानमन्त्री शिन्जो आवेसँग आफ्नो छोराको ज्यान बचाइदिन आग्रह गरेकी छिन् । उनले आबेलाई पत्र लेखेर भनेकी छिन्, ‘मेरो छोराको ज्यान बचाइदिनुस्, म तपाईसँग जोर्डन सरकारसँग पूरै क्षमताका साथ कुरा गर्न आग्रह गर्छु । मेरो छोरासँग निकै कम समय छ । केन्जी बाहेक जोर्डनका विमान चालक मुआद अल कसाबेहसँग पनि निकै कम समय छ ।’ प्रधानमन्त्री आबेले यसलाई निन्दनीय हर्कत भन्दै यसको निन्दा गरेका छन् ।