लिबियाका आईएस प्रमुख अबु नबील मारिए अमेरिकी आक्रमणमा

162
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(एजेन्सी) : अमेरिकी रक्षा मुख्यालय पेन्टागनले लिबियामा शुक्रबार राती अमेरिकी हवाई हमलामा आंतकी समूह इस्लामिक स्टेट(आईएसआईएस)का स्थानीय प्रमुख मारिएका छन् ।

पेन्टागनका प्रवक्ता पीटर कुकले एक विज्ञप्तिमार्फत अबु नबील उर्फ विसम नज्म अब्द जायद मारिएको बताएको छ । उनी इराकी नागरिक रहेको र अलकायदाको सदस्य रहेको दावी विज्ञप्तिमा गरिएको छ । कुकले अबु नबीललाई लिबीयामा आईएसका वरिष्ठ नेता रहेको उल्लेख गरेका छन् र सन् २०१५ फ्रेबुअरीमा कोप्टिक इसाइहरूलाई मार्दै गरेको देखिएको भिडियोमा रहेको आवाज उसकै हुन सक्ने बताएका छन् ।

कुकले भनेका छन्, ‘नबीलको हत्याबाट आईएसको लीबियामा रहेको समूहको उदेश्यहरु पूरा गर्ने क्षमता प्रभावित हुन सक्छ, जसमा संगठनमा नयाँ सदस्यहरूको भर्ती, लीबियामा शिविरको स्थापना र अमेरिकामाथि बाहिरी आक्रमणको योजना बनाउने विषय रहेका छन् ।’ पेन्टागनका प्रवक्ता कुकले शुक्रबार राती पेरिसमा भएको आतंकी हमलाभन्दा पहिले अबु नबीलविरूद्ध अभियान चलाइएको थियो ।


  •  
  •  
  •