आयुक्त पौडेलले भने–आचारसंहिता नमान्ने दलका उम्मेदवारलाई बहिष्कार गर्नुहोस्

218
  •  
  •  
  •  

ishwori-paudel-
पर्सा, १९ भदौ (ओएनएस) : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिना नमान्ने दलका उम्मेदवारहरुलाई मत नदिने सर्वसाधारणसंग अपिल गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुकै सहमतिमा तयार भएको निर्वाचन आचारसंहितालाई नमान्नेलाई मत नदिने आग्रह गरेका हुन् ।

उनले रक्सी, मासु खुवाएर रकमको भरमा निर्वाचन जित्न खोज्ने उम्मेदवार राष्ट्रका लागि घातक भाइरस भएको बताउँदै उनले त्यस्ता उम्मेदवारलाई बहिष्कार गरे राष्ट्र निर्माणमा ठूलो टेवा पर्याउनुपर्ने बताए ।

सोही अवसरमा बोल्दै आयुक्त पौडेलले नेकपा एमालेका एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिए ।

वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र आयोगमा पेश गरेको बताए ।

उनका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्न केन्द्रबाटै २ नम्बर प्रदेशको आठवटै जिल्लामा दुई जना विशेष प्रतिनिधि खटाइएकोेसमेत जानकारी दिएका छन् ।


  •  
  •  
  •