प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै केपी ओलीः महासचिव पोखरेल

357
  •  
  •  
  •  

काठमाडौं, २९ मंसिर (ओएनएस) :नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अवको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै केपी ओली नै हुने दावी गरेका छन् । ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै द्धिविधा छैन’ राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कार कार्यक्रममा पोखरेले भने ‘‘सरकार गठन एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन् ।’

पोखरेलले सरकार गठनको प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने विश्वास गर्दै थपे, ‘बाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई मत आएको छ । हामीले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउनेगरि छलफल सुरु गरेका छौं । हामी छलफलबाट निष्कर्षमा पुग्छौँ ।’

उनले दुई पार्टीवीचको एकताले छिट्टै पूर्णता पाउने स्पष्ट पारे । एकताको लागि संयुक्त मस्यौदा तयार भइरहेकाले छिट्टै अन्तिम रुप दिने समेत उनले जानकारी दिए । पोखरेलले जनताको चाहना नै पार्टी एकता भएकोले अब यसले छिट्टै मुर्त रुप लिने बताए । उनले भने ‘सायद कसैले सोचेको पनि थिएन होला एकतावद्ध भएर निर्वाचनमा जान्छौँ भनेर । सिट बाँडफाँड गर्न सक्दैनन् भन्ने हल्ला पनि थियो । तर हामीले ६० र ४० मा सहमति ग¥यौँ । इमान्दारिताका साथ कार्यान्वयन पनि ग¥यौँ । जनताको चाहना दुई पार्टीको एकता होस भन्ने छ । हामी त्यो चाहना अनुसार अगाडि बढ्छौँ ।’

राष्ट्रिय सभा सम्बन्धी विद्येयकको बारेमा अहिले देखिएको विवादबारे टिप्पणी गर्दै पोखरेलले भने, ‘राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्ययादेश राष्ट्रपतिकोमा छ, दलहरुको वीचमा सहमतिलाई खण्डित गर्ने हिसावले देउवा सरकारले एकल संक्रमणकालिन रुपमा अघि बढाउने भन्यो । तर हिजो प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले तपाई दलहरुकोवीचमा सहमति गरेर ल्याउनुहोस् भन्नुभयो, तर यही अध्यादेशलाई स्विकृत गरेर समस्या हुन्छ नि, कतिदिनभित्र संसदले पारित गर्नुपर्छ, हेभी रिजल्ट प्राप्त गरेका दलहरुले असन्तुष्टि पोखेका छन्, त्यो नहोस् भनेर प्रधानमन्त्रीले घासघुस हालेर हुँदैन, सहमति नै नभएको प्रसंग हालेर हुँदैन, यसमा बहुमतीय संक्रमणकालिन रुपमा जानुपर्छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन समेत सुझाव दिए ।


  •  
  •  
  •