आइएसका पूर्व प्रमुख बगदादीकी पत्नी पक्राउ

57
  •  
  •  
  •  

अंकारा । टर्कीले इश्लामिक स्टेट(आइएस)का पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नी पक्राउ परेकी छन् ।
बगदादी हालै अमेरिकी कारवाहीका क्रममा मारिएका थिए ।

टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोगानले बुधबार सो कुरा बताएका हुन् । गएको मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि पक्राउ गरेको थियो ।

बीबीसीले जनाए अनुसार अमेरिकाले कारवाही अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो । बगदादीको मृत्युलाई अमेरिकी राष्ट्रपतिले जीतको रुपमा व्याख्या गरेका थिए । तर आलोचकहरुले अझैपनि इश्लामिक स्टेटको खतरा कायम रहेको जनाएका छन् । इश्लामिक स्टेटले बगदादीको मृत्यु पुष्टी गर्दै नयाँ नेताको नाम घोषणा गरिसकेको छ ।

टर्कीका राष्ट्रपति अर्दोआनले बुधबार जनाए अनुसार टर्कीले बगदादीकी पत्नी र उनका ज्वाईलाई पनि पक्राउ गरेको जनाएका छन् ।

उनले अर्दोआनकी दिदी र ज्वाईँलाई पनि पक्रेकेको र टर्कीका अधिकारीहरुले आईएसको बारेमा जानकारी लिइरहेको जनाएका छन् ।


  •  
  •  
  •