के सम्भव छ नेपालको जीत ?

662
  •  
  •  
  •  

paras khadkaकाठमाडौ, ६ कात्तिक(ओएनएस) : मलेसियामा जारी आईसीसी डिभिजन ३ क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले युगाण्डासँग प्रतिष्पर्धा गरिरहेको छ । टस जितेर युगाण्डालाई ब्याटिङको निम्तो दिएको नेपाललाई युगाण्डाले २ सय ४ रनको कठिन लक्ष्य दिएको छ । यस्तो अवस्थामा के नेपालले जित हासिल गर्न सक्ला ? यो प्रश्न सबैको मनमा आइसकेको छ ।

हो उत्कृष्ट ब्याटिङको कमी सधै नै रहने नेपाली टोलीले ५० ओभरमा २ सय ४ रनको लक्ष्य भेट्टाउनु अवस्य पनि सहज छैन् । प्राय ब्याटिङमा कमजोर भएकै कारण पोराजय बेहोर्न बाध्य बनिरहेको नेपाली टोली आज पनि यही ब्याटिङको भरपर्नु पर्ने भएको छ । दवावमा राम्रो प्रदर्शन गर्न नसक्ने नेपाली टोलीले आजको खेलमा कस्तो प्रदर्शन गर्ला त्यो सबै क्रिकेट प्रेमी नेपाली तथा नेपाललाई क्रिकेट जगतमा राम्रोसँग नियालिरहेका सबैका लागि उत्सुकताको विषय पनि हो ।

नेपालले खेल्ने शैलीलाई नियाल्ने हो भने दक्षिण अफ्रिकाको टोली जस्तै टोलीका रूपमा लिन सकिन्छ । दक्षिण अफ्रिकी टोलीमा राम्रा खेलाडी छन् तर जब खेलमा दवावको स्थिति पैदा हुन्छ तब उनीहरू खेल्न सक्दैनन् । यस्तै, समस्या नेपाली टोलीमा पनि छ । दक्षिण अफ्रिकी टोलीलाई धेरैले चोकर टोलीका समेत भन्ने गरेका छन् । नेपालले पनि दवावमा खेल्न नसक्ने नियती भोग्दै जाने हो भने कुनै दिन नेपाललाई पनि चोकर टोलीको संज्ञा दिन बेर लाग्ने छैन् ।

नेपाली टोलीको ब्याटिङ कमजोर छ भन्न सकिन्न । नेपाली टोलीमा राम्रा ब्याटस्म्यान नभए‍का होइनन् तर, आवश्यक स्थान र दवावमा राम्रो प्रदर्शन गर्न नसक्ने ब्याटस्म्यानका कारण नेपालले पराजयको सामना गर्नुपरिरहेको इ’तिहासले प्रष्ट पारिसकेको छ । नेपालले डिभिजन २ मा पुग्नका लागि पनि आजको खेलमा विजयी सुरूवात गरेर सहज बाटो बनाउनु आवश्यक छ । आजको खेलमा जित हासिल गर्न सके नेपाली टोलीको मनोबल उच्च हुनेछ र आगामी खेलमा समेत नेपाली टोलीको प्रदर्शन राम्रो हुनेछ ।

विगतको इतिहास कोट्याउने हो भने नेपाल युगान्डामाथि हावी भएको छ । अहिलेसम्म दईबीच भएका तीन खेलमा नेपालले २ पटक बाजी मारेको छ भने युगाण्डाले १ पटक जित हासिल गरेको छ । यस अर्थमा पनि नेपालले युगान्डालाई पराजित गर्न सक्ने सामर्थ्य राख्न सक्ने देखिन्छ ।

तर, यसका लागि प्रारम्भिक ब्याटस्म्यानले सुरूवातमा राम्रो प्रदर्शन गर्न जरूरी छ । साथै, कप्तान पारस खड्का, बिनोद भण्डारी र शरद भेष्वाकर जस्ता ब्याटस्म्यानले नेपालको इनिङलाई सही दिशामा अगाडि बढाउनु आवश्यक छ । तेस्रो क्रममा आउने ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्य ब्याटस्म्यानलाई साथ दिनु अझै प्रभावकारी हुनेछ । उनको खेल्ने शैलीले पनि नेपाली टोलीलाई जीततर्फ डोर्याउन अवस्य पनि मद्धत गर्नेछ ।

विषेशगरी नेपालले पारस खड्का, बिनोद भण्डारी र शरद भेष्वाकरमाथी नै भर पर्नुपर्ने देखिन्छ । यद्यपी अन्य ब्याटस्म्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सके नेपालको जीत सहज हुनेछ । ब्याटस्म्यानहरूबीच राम्रो साझेदारी हुन सके नेपालको जीतमा युगाण्डाले छेकबार लगाउन निकै कठिन हुनेछ ।

आजको खेलमा बलिङमा पनि केही कमजोर देखिएको कारण अबका खेलमा नेपालले बलिङलाई पनि केही मजबुत बनाउनु पर्नेछ । रन रोक्ने भन्दा पनि विकेट लिने तरिकाले बलिङ गर्नु राम्रो हुनेछ ।


  •  
  •  
  •