शर्मिलाको अनशनले पूरा गर्‍यो १५ वर्ष

235
  •  
  •  
  •  

irom_sharmilaकाठमाडौँ, १६ कात्तिक(एजेन्सी) : अनशनमा बसेकी मणिपुरकी इरोम शर्मिलाको अनशनले आईतबारबाट १५ वर्ष पुरा गरेको छ । १५ वर्षमा शर्मिलाले गरेको उक्त आन्दोलनलाई मणिपुरदेखि संयुक्त राष्ट्र संघको मानव अधिकार विशेषज्ञले समेत समर्थन गरेका छन्, तर शासन व्यवस्थामा केही परिवर्तन भएको छैन् ।

मानव अधिकारको लागी लडिरहेकी ४२ वर्षीय शर्मिलाले मणिपुरको विभिन्न भागमा लागू भएको सशस्त्र बल विशेष अधिकार कानून(आफ्स्पा) हटाउनुपर्ने माग गरेकी छिन् । शर्मिलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत चिठ्ठी लेखिसकेकी छिन् ।

शर्मिलाको हेरचाह तथा उपचारमा खटिएका चिकित्सकहरूले पटक-पटक यति लामो समय खाना नखाँदा उनको हड्डी निकै कमजोर भएको छ यस्तोमा उनलाई स्वास्थ्य सम्बन्धी समस्याले सताउने बताउँदै आएका छन् ।

शर्मिलाको उक्त अनशनलाई मणिपुरमा मानव अधिकारको लचाई लडिरहेका मानिसको शक्ति बताउँदै आएका ह्युमन राइट्स अलर्टको कार्यकारी निर्देशक बबलु लोइटोगबमले भने, ‘आफ्स्पा हटाउनुपर्ने मागलाई लिएर अनशनमा बसेकी इरोम शर्मिलालाई अहिलेसम्म सफलता नमिले पनि उनको यो आन्दोलनले मानवअधिकारको लडाईलाई भारत र विश्वको मुद्धा बनिसकेको छ ।’

उनले अगाडि भने, ‘शर्मिलाको आन्दोलनका कारण मणिपुरको माहोलमा परिवर्तन देखिएको छ । उनको आवाज अब सयौ आवाजलाई अगाडि सारिरहेको छ ।’

irom_sharmila1मणिपुर विश्वविद्यालयमा समाजशास्त्रका डाक्टर विजयलक्ष्मी बराराले शर्मिलाको १५ वर्षको आन्दोलन बेकार नजाने बताएकी छिन् । उनी भन्छिन्, ‘यो शर्मिलाको आन्दोलन नै जसले मानिसको विचारमा परिवर्तन ल्याएको छ । इफांल क्षेत्रबाट सशस्त्र बल विशेष अधिकार कानुन हटाइसकिएको छ । आशा छ की आउँदा दिनमा यो कानुन पुरै मणिपुरबाट हट्ने छ ।’

मणिपुरका स्थानीय पत्रकार जेम्स खंगेनबमले शर्मिलाको आन्दोलन कहिल्यै कमजोर नहुने बताएका छन् । उनी भन्छन्, ‘मणिपुरका मानिसलाई थाहा छ की यदी शर्मिलाले आन्दोलन नगरेको भए यति सशक्त भए‍र मानवअधिकारको लडाई लड्न सकिने थिएन ।’

मणिपुरमा अलगाववादसँग लड्नका लागि राज्यमा दशकौदेखी सेना खटिएका छन्, जसलाई सशस्त्र बल विशेषाधिकार कानुकको प्रयोगका लागि ढुट दिइएको छ । यस कानुनका अनुसार सेनालाई कुनै पनि कानुनी कारबाही गर्न सकिने छैन् । मानवअधिकारवादी संगठनहरूले यही कानुनका आडमा सेनाले निर्दोष मानिसलाई नक्कली भिडन्तमा मारेका छन् ।

राजधानी इंफालको मालोम क्षेत्रमा असम राईफलको गोलाबारीमा १० मणिपुरी युवकको मृत्युपछि आजकै दिन सन् २००० मा शर्मिलाले अनशन सुरू गरेकी थिइन् ।

– बीबीसी हिन्दीबाट


  •  
  •  
  •