काठमाडौं, ३ असार (एजेन्सी) । इराकमा संघर्षरत मुस्लिम चरम्पन्थीले देशका प्रमुख सहरहरुमा कब्जा गर्ने रणनीतिलाई तिब्रता दिएका छन् । देशका दुई ठूला सहर कब्जामा लिएर सनसनी मच्चाएको चम्पन्थी समूहले पुनः अर्को शहर कब्जा लिएको अधिकारीहरुले जनाएका छन् ।
सुन्नी समूहले देशको उत्तरस्थित तल अफर शहर कब्जामा लिएको छ । इस्लामिक स्टेट इन इराक एण्ड लेवेन्ट आईएसआईएसको अगुवाईमा चरम्पन्थीहरुले गत हप्ता मोसुल र तिकरित सहर कब्जामा लिएका थिए । उसले कब्जामा लिएका केहि साना सहरहरुमा भने सरकारी सेनाले पुनः नियन्त्रण जमाएको थियो ।
राकमा बढिरहेको सुन्नी प्रभाव घटाउन अमेरिकाले सहयोग गर्ने बताएको केहि घण्टाभित्रै पुनः अन्य सहरहरुमा सकारी सेनासंग आतंककारीले संघर्षलाई तिब्रता दिएको हो ।