इराकमा कार बम हमलामा मृत्यु हुनेको संख्या सय पुग्यो

70
  •  
  •  
  •  

काठमाडौ, २ साउन(ओएनएस) : इराकको सिया मुसलमानहरूको बाहुल्यता रहेको खान बनी सादको एक व्यस्त बजारमा गरिएको कार बम हमलामा कम्तिमा १ सय जनाको ज्यान गएको छ ।

बजारमा मानिसको चहलपहल निकै धेरै भएको अवस्थामा गरिएको कार बम आक्रमणमा उनीहरूले ज्यान गुमाएका हुन् । आज इद-उल फित्र मनाउनका लागि सामान किन्न आएको भीडमा कार बम विस्फोट गराइएको थियो । मृतकहरूमा बच्चाहरू समेत रहेका छन् । आतंकी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ ।

आईएसले विज्ञप्ति जारी गर्दै आईएसका एक लडाकु कारमा करिब तीन टन विस्फोटक पदार्थ लिएर बजारमा पुगेको र त्यहा नै कार विस्फोट गराएको बताएको छ । प्रहरीका अनुसार विस्फोटको ठुलो नोक्सान भएको बताएका छन् । एक प्रहरी अधिकारी भने, ‘विस्फोट यति ठुलो थियो की केही मानिस आफ्नो बच्चाको शरिरको टुक्रा उठाउनका लागि तरकारी किन्न प्रयोग गरिने टोकरीको प्रयोग गरिरहेका थिए ।’
दियाला प्रान्तमा तीन दिनको शोकको घोषणा गरिएको छ र ईद उलफितरको सबै कार्यक्रम रद्द गरिएको छ ।


  •  
  •  
  •