इरानी नागरिक हजयात्रामा जान नपाउने

142
  •  
  •  
  •  

काठमाडौँ, ३१ बैशाख(एजेन्सी) : हजयात्राका क्रममा इरानी नागरिकको सुरक्षा व्यवस्थासम्बन्धी सम्झौता गराउने प्रयास असफल भएको इरानले जनाएको छ ।

साउदी अरबसँग भएको छलफल निष्कर्षहीन भएसँगै यस वर्ष इरानी नागरिकले हजयात्रा गर्न नपाउने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले हजयात्रीका लागि सुरक्षा व्यवस्था सम्झौता नहुनुमा साउदी अरब जिम्मेवार रहेको आरोप लगाएको छ ।

हज व्यवस्थाका बारेमा दुई मुलुकबीच तनावपूर्ण अवस्थामा सुरु भएको थियो । इरान र साउदी आपसमा अरब क्षेत्रका प्रतिद्वन्द्वी मुलुक हुन् । यी दुई मुलुकबीच सिरिया र यमन संकटको विषयलाई लिएर पहिलादेखि नै तनावपूर्ण सम्बन्ध देखिएको थियो ।

गत वर्ष हजयात्राका क्रममा भएको भागदौडमा सयौं तीर्थालुको मृत्यु भएको थियो । मृतकमा अधिकांश इरानी नागरिक थिए ।


  •  
  •  
  •