नेपालीको उद्धार गर्न विशेष प्रतिनीधि इराक जादै

318
  •  
  •  
  •  

 

काठमाडौं १७ असार (ओएनएस) : इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनाली सरकारले दिएको जिम्मेवारी सम्हाल्न मंगलबार त्यसतर्फ जाँदैछन्।
इराकमा सरकारी र विद्रोही सुन्नी लडाकुबीच द्वन्द्व चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न केही दिनअघि परराष्ट्रमन्त्रालयले मैनालीलाई विशेष प्रतिनिधि नियुक्त गरेको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालका अनुसार मैनालीले इराकमा नेपाली, मित्र राष्ट्रका राजदूत र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिसँग भेटी नेपाली कामदारको उद्धार सहज र छिटो बनाउने विषयमा अध्ययन गर्नेछन्। त्यसैको आधारमा उद्धार प्रक्रिया अघि बढ्नेछ।
विशेष प्रतिनिधि मैनालीले इराकसँग सीमा जोडिएको कुवेतस्थित नेपाली दूतावासलाई मुकाम बनाई काम गर्नेछन्। थप जनशक्ति आवश्यक परे उनले कुवेतस्थित नेपाली दूतावासका प्रतिनिधिलाई इराकमा उद्धारका लागि लान पाउनेछन्।
प्रवक्ता धितालका अनुसार मैनालीले इराकमा रहेका नेपालीसँग भेटघाट गरेर उनीहरूलाई आवश्यक परेको सहयोग पहिचान गर्नेछन्। यस्तै, उनले उच्च जोखिम स्थलमा पनि पुगेर नेपालीको खोजी गर्नेछन्। –


  •  
  •  
  •