‘पोष्टेड रेट’ लागु गर्न सरकारलाई आग्रह

1068
  •  
  •  
  •  

काठमाडौ, १ साउन (ओएनएस) । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)ले २०७१ चैत्र मसान्तलाई माथिल्लो तामाकोसी नआउन्जेलका लागि ‘पोष्टेड रेट’ लागु गरिदिन सरकारलाई आग्रह गरेको छ ।

चैत मसान्तसम्म व्यवसायिक उत्पादन शुरु गर्ने आयोजनालाई विद्यमान ‘पोष्टेड रेट’ दिने भनिए पनि आयोजना निर्माणको क्रममा विभिन्न बाधा आउने तथा अन्य कारणले गर्दा केही आयोजना सो अवधिभित्र सम्पन्न नहुने हुँदा ‘पोष्टेड रेट’ लागु गर्न अनुरोध गरेको हो । बजेटमा जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखिए पनि उठाइदै आएको माग पुरा नभएको भन्दै ती विषयप्रति सरकारको ध्यानाकर्षण गरेको हो ।

त्यस्तै सञ्चालनमा रहेका साना तथा जलविद्युत आयोजनाहरुलाई आर्थिक जोखिमबाट पार लगाउन पनि आग्रह गरेको छ । विहीवार राजधानीमा एक पत्रकारसम्मेलन आयोजना गरी यस्तो माग राखेको हो ।
सो अवसरमा सरकारले ३ बर्षमा लोडसेडिङ अन्त्य गर्न प्रतिबद्वता सहित उर्जा तथा पूर्वाधार विकासमा लगानी गर्ने घोषणालाई इप्पानले स्वागत गरेको छ ।
त्यस्तै जलविद्युत एवं उर्जा क्षेत्रको विकास ,विस्तार एवं प्रवद्र्वनलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन निर्माण वितरण प्रणालीमा सुधारलगायतका लागि ३७ अर्व रूपैयाँ विनियोजीत गरी नेपालको समग्र आर्थिक विकासमा टेवा पु¥याएकोमा खुसी व्यक्त गरेको छ ।

। सरकारले आगामी ३ बर्ष भित्र सार्वजनिक क्षेत्रबाट ५सय ६० मेवा र निजी क्षेत्रबाट ६ सय २८ मेवा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यस अनुरुप उर्जा क्षेत्रमा रहेको नीतिगत तथा कानुनी व्यवधान एवं अवरोध हटाइ विद्युत ऐन एवं नियमावली संशोधन गरिने प्रतिबद्वता स्वागतयोग्य रहेको छ ।


  •  
  •  
  •