सरकारसँग आइपानको ५ माग

225
  •  
  •  
  •  

IPPNकाठमाडौं, २८ कात्तिक (ओएनएस): स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था (आइपान) ले बिद्युत विकासको लागि सरकारसँग बिभिन्न ५ वटा माग राखेको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारसँग स्पष्ट नीति निर्माण नभएको भन्दै अभिलम्ब नीति निर्माण गर्न माग राखेको छ । आइपानले नीति फाउन्डेसनसँग मिलेर नीति निर्माणको बिषयमा छलफल भैरहेको जनाएको छ । उर्जा मन्त्रालय र नेपाल बिद्युत प्राधिकरणबीच नीतिगत रुपमा टकराव हुँदा उर्जा विकासमा असर गर्ने बताइको छ ।

यस्तै बिद्युत बजारको आर्थिक नियमन गर्नको लागि छुट्टै संस्था गठन गर्न पर्ने पनि आइपानको माग छ । स्वतन्त्र नियमन संस्था नहुदा थोक बिद्युत बजारको खुला प्रतिस्र्पधाको दुरुपयोग भएको भन्दै क्षमता तथा लगानी भित्र्याउन नसकिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । यस्तै स्वतन्त्र नियमन संस्था नहुदाँ खुद्रा बिद्युत बजारमा बिक्रेताको लगानीको उचित प्रतिफल र खरिदकर्ताको बिद्युत मुल्यको बिपरित दिशातिर तान्ने पनि आइपानले चेतावनी दिएको छ ।

 बिद्युत सेवा तथा ग्रिड संचालनको लागि अलग कम्पनी तथा बिद्युत एक्सचेन्जको गठन गर्न पनि आइपानले अनुरोध गरेको छ । उत्पादन र आपुर्ती कार्यमा प्रतिस्पर्धा ल्याउन विद्युत एक्चेन्ज बजारको विकास गर्न उक्त कम्पनीले काम गर्न सक्ने भएकोले यस्तो माग गरिएको । बिद्युत खरिद सम्झौतलाई औपचारिकता दिन बिद्युत ब्यापार कम्पनीको गठन गर्न पनि आइपानले माग गरेको छ । यस्तै बिद्युत बजारमा भैरहेको बिकृती रोक्न पनि जोडदार रुपमा माग गरिएको छ ।

यसैबीच सरकारले गरिरहेको शसर्त बिद्युत खरीद सम्झौताले कुनै पनि आयोजनाको बित्तिय ब्यवस्थापन नहुने भन्दै तत्काल रोक्न आइपानले माग गरेको छ । चाहिएको बखतमा उर्जा लिने गरी भैरहेको सम्झौताले आयोजनाहरुलाई हित नगर्ने उसको भनाई छ । यस्तै वन मन्त्रालले जलबिद्युत प्रवर्धकसँग वातावरणीय सेवा शुल्क लिइरहेको भन्दै उक्त कार्य गैरकानुनी भएको बताउँदै यस्तो कार्य तत्काल रोक्न माग गरेको छ । यस्तै सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण पुन निर्माण भैरहेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा स्थानिय बासिन्दाबाट रोकावट भएको भन्दै समस्या समाधानको लागि सरकारसँग सहजकर्ताको भूमिका निर्वाह गरिदिन सरकारसँग अनुरोध गरेको छ ।


  •  
  •  
  •