सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट

72
  •  
  •  
  •  

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको छ।

इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको प्रि एलटमेन्ट हिजो अर्थात बिहीबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा शुक्रबार बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया क्यापिटलका अनुसार आईपोओका लागि ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो।


  •  
  •  
  •