बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

51
  •  
  •  
  •  

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, बाँडफाँट भएको हो ।

गोलाप्रथाद्धारा १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस आईपीओमा कुल १७ लाख ९१ ह्जार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४ जनाको आवेदन रद्ध भएको थियो ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिशेयर रू। १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको हो । लगानीकर्ताले विक्री प्रबन्ध्क सानिमा क्यापिटलको वेबसाइट र मेरो शेयरबाट आईपीओ रिजल्ट हेर्न सक्नेछन् ।

साथै सिडीएस क्लियरिले आईपीओ हेर्न बनाएको वेबसाइट  iporesult.cdsc,com.np बाट पनि हेर्न सक्नेछन् ।


  •  
  •  
  •