बुद्धभूमि नेपालको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट ?

168
  •  
  •  
  •  


काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५५ अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २५ अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ ।


  •  
  •  
  •