सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला

176
  •  
  •  
  •  


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि बुधबारदेखि प्राथमिक शेयर आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।

कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।


  •  
  •  
  •