करिब दुई दर्जन बढी कम्पनीको आइपीओ आउँदै(सूचीसहित)

72
  •  
  •  
  •  


काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले कुल १५ अर्ब १७ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृत दिएको छ ।
बोर्डले विभिन्न २२ कम्पनीलाई १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएका अधिकांश कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । गत आवको अन्त्य तिर स्वीकृति पाएका कम्पनीले भने आईपीओ निष्काशनको तयारीमा रहेका छन् ।

बोर्डले गत आवमा पहिलो पटक रिलायन्स लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको थियो । बोर्डले गत साउन १६ गते कम्पनीलाई ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो ।
वर्षको अन्तिम समयमा भने साम्लीङ पावर कम्पनीलाई १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको जनाएको छ । यो कम्पनीको आईपीओ निष्काशन गर्न बाँकी रहेको छ ।

गत आवमा सबैभन्दा बढी नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्काशन गरेको छ । उक्त बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको छ । गत आवमा ८ वटा हाइड्रोपावर, ५ वटा माइक्रोफाइनान्स, ७ वटा इन्स्योरेन्स, १ वटा बैंकिङ र १ वटा अन्य क्षेत्रका कम्पनीले आईपीओ निष्काशन गर्न अनुमति पाएका छन् ।

हेर्नुहोस् सूची


  •  
  •  
  •