जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

611
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर(ओएनएस) । जोशी हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले आइतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।  कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।


  •  
  •  
  •