काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३७ पैसाभित्र रहेर हुनेछ ।
यसको युएमआरएच संकेतबाट कारोबार हुनेछ । कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले मंसिर २ गतेदेखि ७ गतेसम्ममा बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।