चेन्नईको रोमाञ्चक जीत, दिल्ली १ रनले पराजित

336
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) :  इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गर्ने क्रममा सनसनीपूर्ण जीत निकालेको छ । बिहिबार राति चेन्नईको चिदनबराम रंगशालामा दिल्ली डियरडेभिल्सविरुद्ध १ रनको रोमाञ्चक जीत हात पारेको हो ।

अन्तिम बलमा दिल्लीको लागि ६ रन चाहिएको अवस्थामा एल्वी मोर्केलले चौका मात्र प्रहार गर्न सके । घरेलु मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्ता पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनको योगफल बनाएको थियो । ओपनर डुयन स्मिथले ३४ र डुप्लेसिसले ३२ रन जोडेपछि चेन्नईले सम्मानजनक योगफल बनाएको थियो । दिल्लीका कल्टरनाइलले ३ विकेट लिएका थिए ।

जवाफी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा एक सय ४९ रनमा समेटियो । एल्वी मोर्कैलले ५५ बलमा ७३ रनका अविजित पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । दिल्लीविरुद्ध चेन्नईका आशिष नेहेराले ३ विकेट हात पारे । प्रतियोगितामा किंग्स इलाभेन पन्जाव र राजस्थान रोयल्सबीच खेल हुँदै छ ।


  •  
  •  
  •