आइपीएल सुरु, कलकत्ता नाइट राइडर्स र मुम्बर्ई इण्डियन्स भिड्ने

181
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (ओएनएस) : भारतमा आजदेखि आठौं संस्करणको इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन मँगलबार भए पनि प्रतिस्पर्धा भने आजदेखि सुरु हुन लागेको हो ।

पहिलो खेलमा आज साविक बिजेता कलकत्ता नाइट राइडर्स र मुम्बर्ई इण्डियन्सका बीचमा हुनेछ । इडेन गार्डेन मैदानमा हुने आजको खेल नेपाली समय अनुसार राती सवा आठबजे सुरु हुने बीबीसीले उल्लेख गरेको छ ।

कलकत्ता नाइट राइडर्स गौतम गम्भीरको कप्तानीमा मैदानमा उत्रनेछ भने मुम्बर्ई इण्डियन्स रोहित शर्माको कप्तानीमा मैदानमा उत्रनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

पूर्व विजेता दुईवटा टिमका बीचमा हुने उद्घाटन खेललाई विशेष रुपमा हेरिएको छ । कलकत्ता नाइट राइडर्सले सन् २०१४ को र मुम्बर्ई इण्डियन्सले सन् २०१३ को उपाधि जितेका थिए ।

४७ दिनसम्म चल्ने प्रतियोगितामा ६० खेल हुनेछन् । आठौं संस्करणको इण्डियन प्रिमियर लिगको मँगलबार कलकत्ताको साल्ट लेक रंगशालामा एक भव्य समारोहका बीच उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा बलिउडका चर्चित कलाकारहरु ऋतिक रोशन, साहिद कपुर, सैफ अली खान, फरहान अख्तर, अनुष्का शर्मा लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

Anuska in IPL Hritik in IPL


  •  
  •  
  •