विराट कोह्ली आईपिएलका सबैभन्दा बढि तलब लिने खेलाडी

276
  •  
  •  
  •  

virat kohliकाठमाडौँ, १८ पुस(ओएनएस) : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले शुक्रबार इण्डियन प्रिमियर लिग(आईपिएल) को फ्रन्चाइजी कायम राखिने खेलाडीहरूले पाउने तलबका बारे खुलासा गरेको छ ।

रोयल च्यालेन्जर्स बेङ्ग्लोर(आरसिबी)का कप्तान विराट कोह्ली सबैभन्दा बढी कमाई गर्ने खेलाडी हुन् । उनले १५ करोड भारतीय रूपैयाँ तलबको रूपमा पाउँछन् । उनीपछि पुणेका महेन्द्र सिंह धोनी र सनराइजर्स हैदरावादका शिखर धवन रहेका छन् । दुवैले १२.५ करोड भारतीय रूपैयाँ तलबका रूपमा पाउँछन् ।

धोनी र सुरेश रैनालाई नयाँ टोली पुणे र राजकोटले चेन्नई सुपर किंग्सबाट ड्राफ्ट प्रणाली अनुसार किनेको थियो । दुवैलाई १२.५ करोड भारतीय रूपैयाँमा किनेको थियो तर, बीसीसीआईले ड्राफ्ट गरेर किनिएका सबै १० खेलाडीलाई पहिले पाउने रकम बराबरकै तलब दिइने बताएको छ । यसका अनुसार रैनाले ९.५ करोड भारतीय रूपैयाँ नयाँ टोलीबाट पाउँछन् ।

मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र कोलकात्ता नाइट राइडर्सका कप्तान गौतम गम्भिर अन्य दुई खेलाडी हुन् जसले १० करोड भारतीय रूपैयाँ भन्दा बढी तलब पाउँछन् ।

मुम्बई इण्डियन्सका विदेशी मुलुकका खेलाडी कीरन पोलार्ड सबैभन्दा बढी तलब पाउने विदेशी खेलाडी हुन् । उनले ९.७ करोड भारतीय रूपैयाँ पाउँछन् । उनको आधिकारिक तलब भने ९.५ करोड भारतीय रूपैयाँ रहेको छ ।


  •  
  •  
  •