आईपिएलको आठौ संस्करणको उद्घाटन आज, विराटले अंगाले अनुष्कालाई

251
  •  
  •  
  •  

virat-anuska-at-iplकाठमाडौ, २४ चैत(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)को आठौ संस्करणको आज उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रम कोलकोत्ताको साल्टलेक स्टेडियममा स्थानीय समयानुसार आज साँझ ७:३० बजे हुनेछ ।

आईपिएलको उद्घाटनका लागि साल्टलेक स्टेडियम पूर्ण रूपमा तयार गरिएको छ तर, पानी पर्ने सम्भावना बढेका कारण उद्घाटन कार्यक्रमलाई असर गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलकोत्तामा सोमबार पनि निकै ठूलो पानी परेको र मौसम विभागले आज पनि पानी पर्ने बताएपछि उद्घाटन कार्यक्रम प्रभावित हुने अनुमान गरिएको छ ।


virat-anuska-at-ipl1
उद्घाटनका लागि अभ्यास गरिरहेका बलिउड स्टारहरूलाई पनि यसले असर गरेको थियो । पानी पर्दा नायीका अनुष्का शर्मा र नायक रितिक रोशनले अभ्यास गरिरहेका थिए । तर, नायक रितिक रोशनले भने आफूलाई पानीले कुनै असर नगर्ने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘पानीका कारण चिन्ता लिनुपर्दैन, किनकी पानी परेपनि म नृत्य गर्नेछु ।’

virat-anuska-at-ipl2यसअघि सोमबार कोलकोत्ता पुगेका भारतीय टोलीका उपकप्तान तथा रोयल च्यालेन्जर्स बेङ्ग्लोरका कप्तान विराट कोह्लीले कोलकोत्ता विमानस्थलमा अंकमाल गरेका थिए । यी दुई कोलकोत्ता विमानस्थलबाट एक साथ कारमा निस्केका थिए । विराट आफ्नो टोली बसेको होटेलमा पुगेका थिए भने अनुष्का अभ्यासका लागि साल्टलेक स्टेडियम पुगेकी थिइन् ।


  •  
  •  
  •