आईपीएल खेलको जुवा खेलाउने दुई भारतीय पक्राउ

397
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : भारतमा भइरहेको आईपीएल खेलको जुवा खेलाउने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत जिल्ला पिपरास्टेशन थाना घर भई हाल जमल बस्ने ४२ वर्षीय मुकेश जैसवाल र भारत मोतिहारी जिल्ला ढाकास्टेशन घर भई हाल टंकेश्वर बस्ने २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन्।

बिशेष सूचनाको आधारमा वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ २२ खिचापोखरी क्षेत्रमा हाल भारतमा भइरहेको उक्त आईपीएल खेलको बाजी लगाई अनलाईन जुवा खेलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले ओएनएस न्युजलाई बताए।

उनीहरुसँग टोलीले नगद १ लाख ४० हजार ५ सय रुपैयाँ, जुवा खेलाउदा हिसाव राखेको नोटबुक र ४ थान मोबाईलसमेत बरामद गरेको छ।


  •  
  •  
  •