आइपिएलमा क्वालिफायर आजबाट, पहिलो खेलमा रैना र कोह्लीको भिडन्त

266
  •  
  •  
  •  

काठमाडौँ, ११ जेठ(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपिएल)मा आजबाट क्वालिफायर चरण सुरू हुँदैछ । यो चरणको पहिलो खेलमा गुजरात लायन्स र रोयल च्यालेन्जर्स बेङग्लोरबीच प्रतिष्पर्धा हुँदैछ ।

क्वालिफायर चरणमा दुई वटा क्वालिफायर र एक इलिमिनेटर खेल हुनेछ । क्वालिफायरको पहिलो खेलमा अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीबीच भिडन्त हुनेछ । यसअनुसार अंकतालिकाको पहिलो स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको बेङग्लोरबीच पहिलो क्वालिफायर खेल हुनेछ । आजको खेलमा जित हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले पुनः फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ ।

क्वालिफायरको पहिलो खेलपछि इलिमिनेटरमा दोस्रो खेल हुनेछ । जसमा अंकतालिकामा तेस्रो र चौथो स्थानमा रहेका टोलीले प्रतिष्पर्धा गर्नेछन् । यसमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ भने जित हासिल गर्ने टोलीले क्वालिफायरको दोस्रो खेल खेल्न पाउने छ । यसमा पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको खेलमा विजयी टोलीबीच प्रतिष्पर्धा हुनेछ । यस खेलमा जुन टोली विजयी हुन्छ त्यही टोली फाइनलमा प्रवेश गर्नेछ ।

आज हुने गुजरात र बेङग्लोरको टोलीबीचको प्रतिष्पर्धाले फाइनलमा प्रवेश गर्ने एक टोलीको टुङ्गो लाग्नेछ । दुवै टोलीको फाइनल प्रवेश गर्ने उत्तिकै सम्भावना रहेको छ । दुवै टोलीमा राम्रो फर्ममा रहेका खेलाडी भएकाले पनि आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।


  •  
  •  
  •