आइपिएलमा कोलकातामाथि मुम्बईको जित

105
  •  
  •  
  •  


एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ ।
चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । मुम्बइले दिएको एक सय ५३ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको कोलकताले पूरै ओभरको खेल खेल्दा ७ विकेट गुमाएर एक सय ४२ रनमात्रै बनाउन सक्यो ।

मुम्बईको जितका लागि सबैभन्दा धेरै सूर्यकुमार यादवले ५६ रनको अर्थसतकीय इनिङ्स खेलेका थिए । उनले ३६ बलमा ७ चौका र २ छक्का हानेका थिए । यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको मुम्बई कोलकतासँगको खेलमा भने विजयी भएको हो ।


  •  
  •  
  •