आईपीएलको उपाधि मुम्बई इन्डियन्सलाई

118
  •  
  •  
  •  

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।  फाइनलमा दिल्ली क्यापिटल्र्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक यो प्रतियोगिताको उपाधि जितेको छ । मुम्बईले पछिल्ला पाँच संस्करणमा तेस्रो पटक आइपीएलको उपाधि जितेको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।


  •  
  •  
  •