आइपीएलमा दिल्ली फाइनलमा

61
  •  
  •  
  •  

एजेन्सी । दिल्ली क्यापिटल्स पहिलो पटक ईण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ ।

शिखर धवनको उत्कृष्ट ब्याटिङ तथा कागिसो रबाडा र मार्कस स्टोइनिसको घातक बलिङमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल फाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रनको ठुलो योगफल बनायो ।

ओपनर मार्कस स्टोइनिस र शिखर धवनले पहिलो विकेटको लागि ८६ रनको साझेदारी गरे र राम्रो सुरुवात दिलाए । स्टोइनिसले २८ रनमा आउट भएपनि धवन क्रिजमा जमे । उनले ५० बलको सामना गरी ६ चौका र २ छक्का सहित ७८ रनको पारी खेले ।

यस्तै सिमरोन हेटम्यरले अविजित ४२ रन बनाए । फाइनल प्रवेशको लागि सनराइजर्सले १९० रनको चुनौतीपूर्ण लक्ष्य पायो । तर दिल्लीका बलरको सानदार बलिङमा सनराइजर्स २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रनमा समेटियो । ४४ रन मात्र बनाउदा ३ विकेट गुमाउदा सनराइजर्सले सुरूवात खराब गर्‍यो ।

केन विलियम्सनले सर्वाधिक ६७ र अब्दुल समादले ३३ रन बनाउदा अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । कागिसो रबाडाले ४ ओभर बलिङ गरी २९ रन खर्चेर चार विकेट लिए । यसैगरी ३ ओभर बलिङ गरी २६ रन दिएर मार्कस स्टोइनिसले ३ विकेट आफ्नो नाममा लेखाए ।

यसरी १७ रनको जितमा दिल्लीले पहिलो पटक फाइनलको यात्रा तय गर्‍यो । अब उपाधिकोलागि दिल्लीले मङगलबार मुम्बईको सामना गर्नेछ । पहिलो क्वालिफायरमा दिल्लीलाई हराएर मुम्बई फाइनलमा पुगेको थियो ।


  •  
  •  
  •