कोलकातालाई पराजीत गर्दै बैङ्गलोर दोश्रो स्थानमा

97
  •  
  •  
  •  

काठमाडौँ, आइपीएलको ३९ औँ खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

बुधवार राती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजीत गरेपछि बैङ्गलोर अङ्क तालिकाको दोश्रो स्थानमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८४ रन जोडेको थियो ।

बैङ्गलोरले १३ दशमलव ३ ओभरमा मात्र दुई विकेट गुमाउँदै कोलकाताले दिएको ८५ रनको लक्ष्य पूरा गरेको हो ।

बैङ्गलोरको लागि देवदत्त पाडिकलले सबैभन्दा बढी २५ र आरोन फिन्चले १६ रन जोडे । कप्तान विराट कोहली १८ र गुर्कीरत सिंह २१ रनमा अविजित रहे ।

कोलकाताको लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० र कुलदीप यादवले १२ रन बनाए । फेर्गुन्सनले अविजित १९ रनको योगदान दिए ।

बैङ्गलोरका लागि मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिएका थिए भने युजभेन्द्र चाहलले दुई तथा नवदीप सैनी र वासिङ्टन सुन्दरले एक एक विकेट लिएका थिए ।

१० अंक जोडेको कोलकाता चौथो स्थानमा छ । जारी आईपीएलमा बैङ्गलोरले दस खेल खेल्दा  सात खेल जितेको छ भने कोलकाताले दस खेलमा पाँच खेल मात्र जितेको छ ।


  •  
  •  
  •