आईपिएलमा दिल्लीद्वारा राजस्थान रोयल्स १३ रनले पराजित

63
  •  
  •  
  •  

एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा छैटौं जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो।

१६२ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रन मात्रै बनायो। राजस्थानका बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाउँदा रोविन उथप्पाले ३२, सन्जु सामसनले २५ र जस बटलरले २२ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका एनरिच नोर्टजे र तुसार देशपाण्डेले समान २–२ विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेटको क्षतिमा १६१ रन बनाएको थियो। दिल्लीका लागि ओपनर शिखर धवनले ५७ र कप्तान श्रेयस ऐयरले ५३ रन बनाए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले तीन र जयदेव उनादकतले दुई विकेट लिए। दिल्लीले राजस्थानसँगको दुबै खेल जितेको छ। यसअघि राजस्थानसँगको लिगको पहिलो खेलमा ४६ रनले दिल्ली विजयी भएको थियो। यो जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच

किंग्स इलाभेन पञ्जाव र रोयलच्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । आजको खेलमा क्रिस गेल खेल्ने सम्भावना रहेको छ ।


  •  
  •  
  •