आईपीएलमा हैदराबाद र चेन्नाई भिड्दै

47
  •  
  •  
  •  

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज सनराइजर्स हैदराबाद र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेका दुवै टिमका लागि जित अपरिहार्य भइसकेको छ ।

दुवई इन्टरनेसनल स्टेडियममा यो खेल आज साँझ पौने आठ बजेदेखि सुरु हुनेछ । अंकतालिकामा हेदराबाद ७ खेलबाट ६ अंकसहित पाँचौं र चेन्नाई समान खेलबाट ४ अंकहित अन्तिमबाट दोस्रो स्थानमा छन् ।

सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । विराट कोहली कप्तानीको बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको हो । बैंग्लोरले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो । शारजहामा भएको खेलमा शुभम गिलले ३४ तथा आन्द्र रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक कोलकाताका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बैंग्लोरले क्रिस मोरिस र वासिङ्गटन सुन्दरले समान दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि एबी डी भिल्लियर्सले ३३ बलमा नटआउट ७३ रनको योगदान दिए । यस्तै कप्तान विराट कोहलीले २८ बलमा नटआउट ३३, देवदत्त पादिक्कालले २३ बलमा ३२ र आरोन फिन्चले ३७ बलमा ४७ रन बनाए । जितपछि सात खेलबाट १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ । पहिलो र दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको पनि समान १० अंक नै छ ।

 

 


  •  
  •  
  •