आईपीएलमा कोलकाताको दोस्रो जित, आज मुम्बई र पञ्जाव भिड्दै

113
  •  
  •  
  •  

एजेन्सी । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो । दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। उसका लागि शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।
यसैबीच आज मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जावबीच खेल हुँदैछ । नेपाली समय अनुसार राति पौने ८ बजेदेखि अबुधावीको शेख जायद स्टेडियममा खेल शुरु हुनेछ ।

पछिल्लो खेलमा दुवै टिम पराजित भएकाले नयाँ सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।


  •  
  •  
  •