आइपिएलमा कोलकाताले हैदराबादलाई हरायो

89
  •  
  •  
  •  

एजेन्सी । आइपिएलको १३ औँ संस्करणमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो।

शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्‍यो।

कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।आइपिएलमा आइतबार किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

 


  •  
  •  
  •