आइपीएलमा दिल्लीको दोस्रो जित, चेन्नेई ४४ रनले पराजित

1083
  •  
  •  
  •  

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नाईले १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो। तर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३१ रनमात्रै बनाएपछि दिल्लीले चेन्नाईमाथि फराकिलो जित दर्ता गरेको हो।

चेन्नाईका लागि फाफ डु प्लेसिसले ४३, केदार जाधवले २६, कप्तान महेन्द्रसिंह धोनीले १५, सेन वाटसनले १४, रविन्द्र जडेजाले १२ र मुरली विजयले १० रनमात्रै बनाए।

चेन्नाईलाई सस्तैमा समेट्न कागिसो रबडाले चार ओभरमा २६ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, एनरिच नोर्टजेले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए।


  •  
  •  
  •