आइपीएलमा नियम उलंघन गरे ८ लाख जरिवाना, तीन सिजनसम्म प्रतिबन्ध

84
  •  
  •  
  •  

काठमाडौं । आइपीएलमा कुनैपनि खेलाडी वा सपोर्ट स्टाफले मोबाईल, ल्यापटप जस्ता विधुतिय उपकरण तीन पटकसम्म बोकेको पाइएमा उनीहरुलाई कारबाही गरिने भएको छ ।

आइपीएल आयोजकले त्यस्तो गरेको पाइएमा ८ लाख रुपैयाँ जरिवाना र तीन सिजनसम्म आइपीएल खेल्न प्रतिबन्ध लगाउन लागेको हो ।

आइपीएल खेलका बेला पीएमओएमा लागु हुने नियम अनुसार यदि कोहिले पनि त्यो नियमलाई उलंघन गरेमा तुरुन्त कारबाही हुने बताइएको छ ।

मोबाइल, ल्यापटप लिएको पाइएमा पहिलो पटकलाई एक लाख जरिवाना लगाइने भएको छ भने दोस्रो पटक पाइएमा तीन लाख भारतीय रुपैयाँ जरिवाना हुनेछ ।

बीसीसीआईको भ्रष्टाचार नियन्त्रण समितीले कारवाहिका लागि सिफारिस गर्नेछ । यसका लागि बीसीसीआईले राजस्थानका पूर्व पुलिस महानिर्देशक अजीत सिंहलाई यसको जिम्मा दिएको छ ।


  •  
  •  
  •