गम्भीर र लेनको कीर्तिमानी साझेदारीमा कोलकातासँग गुजरात पराजित

315
  •  
  •  
  •  

Lynn and Gambhirकाठमाडौं, २६ चैत (एजेन्सी) : इण्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तान गौतम गम्भीर र क्रिस लेनको कीर्तिमानी साभेदारीमा कोलकाता नाइटराइडर्सले शानदार जित हासिल गरेको छ ।

आईपीएलको तेस्रो दिन शुक्रबार राति भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई उसैको मैदानमा १० विकेटले पाखा लगाएको हो ।

गम्भीर–लेनले १ सय ८४ रनको साझेदारी गरे । 

कोलकतालाई जिताउन लेनले ४१ बलमा नटआउट ९३ रन बनाए । उनले ८ छक्का र ६ चौका बनाएका थिए । यस्तै, कप्तान गम्भीरले ४८ बलमा नटआउट ७६ रन बनाए । १२ चौका प्रहार गरे । खेल अवधिभर दुबै जना नट अाउट रहे

गम्भीर र लेनले आईपीएल क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड पनि बनाएका छन् ।

यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा थियो । उनीहरुले १ सय ६७ रनको साझेदारी गरेका थिए ।
गम्भीर–लेनको साझेदारीमा कोलकाता ३१ बल बाँकी छँदै १० विकेटले विजयी भयो । कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा विकेट नगुमाइ भेट्टाएको हो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । गुजरातका लागि सुरेश रैनाले ५१ बलमा ६८ रन बनाए । दिनेश कात्तिकले २५ बलमा ४७ रन साथै ब्रेन्डन म्याकुलमले २४ बलमा ३५ रन बनाए ।

कोलकाताका कुलदीप यादवले २, ट्रेन बोल्ट र पियुस चावलाले १/१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच क्रिस लेन घोषित भए ।

261165


  •  
  •  
  •