आईपीएलःरोयल च्यालेन्जर्स बैंगलोरको विजयी सुरुवात

350
  •  
  •  
  •  

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।


यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।

बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ ।


  •  
  •  
  •