आईपीएल टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि

75
  •  
  •  
  •  

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि शुरु हुने भएको छ ।आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ ।

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ । यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे शुरु हुनेछ ।

त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली सम्मिलित महिला टी–२० च्यालेन्जको पनि आयोजना गरिनेछ । यद्यपि, अस्ट्रेलियाका विकेट किपर एलिसा हेलीलगायत थुप्रै शीर्ष महिला क्रिकेटरहरुले प्रतियोगिताको समयको आलोचना गरेका छन् ।

अस्ट्रेलियामा १६ अक्टोबरदेखि शुरु हुने महिला बिग ब्यास लिगसँग यस प्रतियोगितालाई जुधाइएको छ । चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।


  •  
  •  
  •