इन्डियन प्रिमियर लिग सेप्टेम्बर १९ तारिखबाट हुने

245
  •  
  •  
  •  

एजेन्सी । इन्डियन प्रिमियर लिग सेप्टेम्बर १९ तारिखबाट शुरु हुने भएको छ । टी २० विश्वकप र एशिया कप रद्द भएपछि बीसीसीआईलाई आइपीएल गर्नका लागि निकै सहज भएको हो ।

भारतमा अझै पनि कोरोनाको महामारी कायमै रहेको र दिनकै तिब्ररुपमा बढि रहेको बेला आइपीएल घरेलु मैदानमा गर्न कठिन हुने भएपछि बीसीसीआईले यूएईमा गर्ने तय गरेको छ ।

१९ सेप्टेम्बरमा उद्घाटन हुने आईपीएल नोभेम्बर ८ तारिखमा फाइनल हुने छ । आईपीएल पुरानै फरम्याट अनुसार ६० म्याच हुने छन् । एक टिमले १४ वटा म्याच खेल्ने छन् । आईपीएल खेल्ने सबै टिमका खेलाडीहरु २० अगस्टमा युएई पुग्नुपर्ने छ ।

भारतीय अनलाइन दैनिक भास्करले जनाएअनुसार बीसीसीआईले आइपीएलको आधिकारीक मिती सार्वजनिक नगरेपनि सहभागि टिमलाई भने बताइसकेको छ । सहभागि सबै टिमले खेलाडीलाई अगष्टको अन्तिममा यूएई लग्ने तयारी गरेका छन् ।


  •  
  •  
  •