आईपीएलको खेल तालिका सार्वजनिक

112
  •  
  •  
  •  

काठमाडौं । १३ औं संस्करणको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

आगामी चैत १६ देखि जेठ ११ सम्म भारतका विभिन्न सहरमा हुने आईपीएलको उद्घाटन र फाइनल खेल मुम्बईमा हुनेछ ।

आईपीएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

यसअघि ४४ दिनसम्म हुँदै आएको आईपीएल यो संस्करण ५० दिनसम्म चल्नेछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ ।

चैत १८ मा रोयल च्यालेन्जर ब्यांग्लोरले घरेलु मैदानमा कोलकता नाइटराइडर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ । चैत १९ मा सनराइजर्स हैदराबाद र मुम्बई भिड्नेछन् । लिगमा कुल ५६ खेल हुनेछन् ।

लिगको अन्तिम खेल जेठ ४ गते सकिनेछ । लिगको अन्तिम खेलमा ब्याङ््लोर र मुम्बई भिड्नेछन् ।

मुम्बई इन्डियन्सले हालसम्म ४ संस्करणको आईपीएल ट्रफी उचालेको छ । मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा ट्रफी उचालेको थियो । चेन्नई सुपर किग्संले सन् २०१०, २०११ र २०१८ मा गरी तीनपटक उपाधि जितेको छ ।


  •  
  •  
  •