आईपीएलको उपाधिका लागि सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै

146
  •  
  •  
  •  

भारत । आईपीएल क्रिकेट अन्तर्गत उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्सबीचको खेल हुँदैछ ।

फाइनल खेल राति पौने ८ बजे हैदराबादमा शुरु हुने छ । यी दुवै टिम आईपीएल क्रिकेटका सबैभन्दा सफल टिम मानिने भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो ।

यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधी हात पारेको हो ।

चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।

विगतको आंकडा हेर्दा चेन्नाईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ ।

यस सिजनमा तीन पटक भिड्दा तिनै पटक नै मुम्बईले बाजी मारेको थियो । चेन्नाईले २०१० / २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने २०१३ मा चाखेको थियो भने १५ / १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।


  •  
  •  
  •