आईपीपएलः स्मिथले जिताए पुणेलाई, मुम्बई सात विकेटले पराजित

203
  •  
  •  
  •  

smithकाठमाडौं, २५ चैत (एजेन्सी) : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राइजिङ पुणेले सुपरजाइन्ट्स मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ ।

आईपीएलको दोस्रो दिन बिहीबार राति पुणेमा भएको खेलमा पुणेले मुम्बइलाई ७ विकेटले पाखा लगाएको हो ।

१ सय ८५ रन लक्ष्य पाएको पुणेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।

पुणेको जितका लागि कप्तान स्टेभेन स्मिथको भूमिका महत्वपूर्ण रह्यो । अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले लगातार २ छक्का प्रहार गर्दै पुणेलाई जित दिलाए । स्मिथले ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाएका थिए ।

यसैगरी, अजिन्का रहानेले ३ छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ६० रनको योगदान गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
मुम्बईका लागि जस बटलरले १९ बलमा ३ चौक्का र ३ छक्कासहित ३८ रन बनाए । नितिश रानाले २८ बलमा ३४ रन बनाए ।

पुणेका इमारान ताहिरले ३, रजत भाटियाले २ साथै बेन स्टोक्स र अदम जम्पाले १/१ विकेट लिए ।

। खेलको म्यान अफ दि म्याच स्मिथ घोषित भए।


  •  
  •  
  •