आईपीएल : सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सको लगातार दोस्रो हार

425
  •  
  •  
  •  

चैत २९ – इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

सन्दीप लामिछाने रहेको उक्त दिल्ली डेयरडेभिल्स टिमको कडा मिहनतको बावजुद जित हात पार्न सफल भएन्।

जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । पानी राेकिएपछि खेल छाेट्याइएकाेमा दिल्लीले ६ अाेभरमा ७१ रनकाे लक्ष्य पायाे। ७१ रनकाे लक्ष्यका साथ मैदानमा उत्रेकाे दिल्लीले ६ अाेभरमा अाफ्ना चार विकेट गुमाएर ६० रन मात्र बनाउन सक्याे र १० रनले पराजित हुन पुग्याे । याे खेलमा पनि नेपाली स्पिनर सन्दिप लामीछाने सुरुवाती एघारमा पर्न असफल भएका थिए।


  •  
  •  
  •