सकियो आइपिएल, कसको पोल्टामा कति पैसा ?

274
  •  
  •  
  •  

IPL 2016 The Final - RCB v SRHकाठमाडौँ, १७ जेठ(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपिएल)को नवौँ संस्करण गयराती सम्पन्न भएको छ । गयराती सम्पन्न फाइनल खेलमा रोयल च्यालेन्जर्स बेङग्लोरलाई ८ रनले पराजित गर्दै पहिलो पटक सनराइजर्स हैदराबादले उपाधिमाथि कब्जा जमाएको छ ।

२ सय ९ रनको विजय लक्ष्य पछ्याएको बेङग्लोर २ सय रनमा सिमित भएपछि हैदराबादले ८ रनको जित हासिल गर्दै उपाधि हात पार्न सफल भयो भने उपाधीका साथ १५ करोड भारतीय रूपैयाँ समेत हात पारेको छ ।

यस्तै, पराजित भएको बेङग्लोरले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै १० करोड भारतीय रूपैयाँ हात पार्न सफल भयो भने तेस्रो हुने गुजरात लायन्सले ७.५ करोड भारतीय रूपैयाँ र चौथो स्थान हासिल गरेको कोलकाता नाइट राइडर्सले ७.५ करोड भारतीय रूपैयाँ प्राप्त गरेका छन् ।

आईपिएलका टोलीले जस्तै खेलाडीहरूले पनि विभिन्न विधामा रकम प्राप्त गरेका छन् । कुन खेलाडीले कुन विधामा कति पाए थाहा पाऔँ :
सर्वाधिक रन(९७३ रन) : विराट कोह्ली(१० लाख भारतीय रूपैयाँ)
सर्वाधिक विकेट(२३ विकेट) : भुवनेश्वर कुमार (१० लाख भारतीय रूपैयाँ)
म्यान अफ दी म्याच(फाइनल, २ विकेट, ३८ रन) : बेन कटिङ (५ लाख भारतीय रूपैयाँ )
बेष्ट फिल्डर (१९ क्याच) : एबी डिभिलियर्स( १० लाख भारतीय रूपैयाँ )
सर्वाधिक छक्का (३८) : विराट कोह्ली(१० लाख भारतीय रूपैयाँ )
तिव्र गतिको अर्धशतक(१७ बल) : क्रिस मोरिस( १० लाख भारतीय रूपैयाँ )
सुपर क्याच अफ दी सिजन : सुरेश रैना (१० लाख भारतीय रूपैयाँ )
ग्लेन सट अफ दी सिजन : डेभिड वार्नर(१० लाख भारतीय रुपैयाँ)
फाइनलमा सर्वाधिक छक्का(८) : क्रिस गेल( १ लाख भारतीय रूपैयाँ )
मोष्ट भ्यालुएबल प्लेयर(३५६.५ प्वाइन्ट्स) : विराट कोह्ली(१० लाख भारतीय रूपैयाँ )
इमर्जिङ स्टार(१७ विकेट) : मुस्ताफिजुर रहमान( १० लाख भारतीय रूपैयाँ )
फेयर प्ले अवार्ड : सनराइजर्स हैदराबाद
पिच एण्ड ग्राउण्ड अवार्ड : एमसीए र डीडीसीए


  •  
  •  
  •