आइपीएलमा बेंग्लोरको सहज जित

400
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : इन्डियन प्रियिमर लिग अन्तर्गत मंगलबार रातिको खेलमा मुम्बईले खराब प्रदर्शन गर्दा बेंग्लोरले सहज जित हासिल गरेको छ।

बेंगलोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको हो। मुम्बइको यो छैठौं हार हो।

बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। बेंग्लोरका लागि मनन बोह्राले ४५, ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहलीले ३२ रन बनाए।

बलिङतर्फ हार्दिक पाण्ड्याले ३ विकेट लिए भने मिचेल म्याकलेनाघन, जस्प्रित बुम्राह र मायंक मार्कन्डेयले १–१ विकेट लिए।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो।

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ५० रन बनाएपनि जेपी डुमिनी र क्रुनाल पाण्ड्याले २३–२३ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए।

मुम्बईलाई हराउनका लागि टिम साउथी, उमेश यादव र मोहमद सिराजले २–२ विकेट लिए। जितसँगै बेंग्लोरले ८ खेलबाट ६ अंक बनाएको छ भने समान खेलबाट मुम्बईको ४ अंक छ।


  •  
  •  
  •