दिल्लीलाई हराउँदै चेन्नई आइपीएलको शीर्ष स्थानमा

339
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख (ओएनएस) : इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ।

पुणेमा भएको सोमबार रातिको खेलमा चेन्नईले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको हो । जीतसँगै चेन्नई पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ।

२ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको जितका लागि पर्याप्त भएन।

उत्कृष्ट सुरुवात गरेको चेन्नईका लागि सेन वाटसन र फाफ डुप्लिसिसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। डुप्लिसिस ३३ रनमा आउट भए पनि वाटनसले विस्फोटक ७८ रन बनाए। उनले ४० बलमा सात चौका र सात छक्का प्रहार गरेका थिए।

यस्तै कप्तान महेन्द्रसिंह धोनीले पनि ५१ रन अर्धशतकीय पारी खेले। उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए। उच्च स्कोरमा र्पुयाउने क्रममा अम्बाती राईडुले ४१ रन जोडे। जवाफमा दिल्लीले २० ओभरमा पाँच विकेट गुमाएर १९८ रन बनाएको थियो।

उसका लागि रिसव पन्तले ७९ तथा विजय शंकरले ५४ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्। फेरि पनि एक पटक दिल्लीका आश गरिएका ब्याटसम्यान म्याक्सवेल चल्न असफल भए। कोलिन मुनरोले २६ र कप्तान श्रेयस् ऐयरले १३ रन थपे।

प्रतियोगितामा ८ खेल खेलेको चेन्नेईको १८ अंक छ भने समान खेलबाट ४ अंक बोकेको दिल्ली पुछारमा रहेको छ।


  •  
  •  
  •