कोलकातासँग बेंगलोर स्तब्ध, हैदराबादकाे शानदार जीत

आइपीएल
381
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख (ओएनएस): इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको खेलमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद विजयी भएका छन्।

आइतबार राति भएका खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले तथा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो।

१ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
कोलाकातालाई जिताउन क्रिस लायनले ६२ र रोविन उथप्पाले ३६, सुनिल नाराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे।

यसअघि ब्याटिङ गरेको बेंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

ब्रेण्डोन म्याककुलमले ३८ र एण्टोन डे ककले २९ रनको योगदान गरेपनि त्यो बेग्लोरका जितका लागि पर्याप्त भएन।
जितसँगै कोलकाता अंकतालिकाको चौथो स्थानमा छ । बेंग्लोर भने पुछारबाट दोस्रो स्थानमा छ।

त्यसैगरी, टस जितेर ब्याटिङ रोजेको हैदराबादले प्रतिद्वन्द्वी राजस्थान रोयल्सलाई २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको लक्ष्य दिएको थियो। हैदराबादका लागि कप्तान केन विलियम्सनले ४३ बलमा ६३ रन तथा एलेक्स हेल्सले ३९ बलमा ४५ रनको विशेष योगदान दिए। राजस्थानका लागि जोफ्रा आर्चरले ३ तथा कृष्नप्पा गौतमले २ विकेट लिए।

१ सय ५१ रन डिफेण्ड गर्ने क्रममा हैदराबादका बलरहरु नायक साबित भए। उनीहरुले राहुल त्रिपाठी, बेन स्टोक्स, जोस बटलर तथा अलराउण्डर एम के लमररलाई सस्तैमा पेभिलियन फर्काइदिएका कारण रहाणे र सन्जु सामसनको क्रमशः ६५ र ४० रन पनि फिका हुन पुग्यो। राजस्थान रोयल्सलाई जितका लागि अन्तिम ओभरमा २१ रन आवश्यक थियो।


  •  
  •  
  •