आईपीएलः कष्णप्पाले टारे राजस्थानको हार

322
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख (ओएनएस): इन्डियन प्रिमियर लिग (आईपीएल) मा ाजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले पराजित गरेको छ।

आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गर्दै राजस्थान रोयल्सले भने तेस्रो जित निकालेको हो। राजस्थानको हारलाई कष्णप्पा गौथमले टारेका हुन्। ११ बल खेलेका उनले ३३ रन प्रहार गरेपछि राजस्थानले हार्नै लागेको खेल जितेको हो।

टिमले खेल हार्ने सम्भावना बढीरहेका बेला आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका कष्णप्पाले ११ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएपछि राजस्थानले रोमाञ्चक जित हात पारेको हो ।

१ सय ६८ रनको लक्ष्य राजस्थानले खेल सकिन २ बल बाँकी रहँदा भेट्टाएको हो। राजस्थानका लागि सञ्जु सामसनले ५२ रन र बेन स्टोक्सले ४० रन जोडे।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि सुर्यकुमार यादवले ७२ र इशान किशनले ५८ रन बनाएका थिए।

राजस्थानका जोफ्रा आर्चरले तीन तथा धवल कुलकर्णीले दुई विकेट लिए।

प्रतियोगितामा पाँच खेल खेलेको मुम्बईको यो चौथो हार हो। राजस्थानले छैठौं खेलबाट तेस्रो जित निकालेको हो।
कष्णप्पा गौथमलाई आईपीएलको खेलाडी बोलकबोलमा राजस्थानले ६ करोड २० लाख भारुमा अनुबन्ध गर्दा धेरैजना चकित भएका थिए।


  •  
  •  
  •