आईपीएलः मुम्बईको रोमान्चक जित, दिल्ली पराजित

105
  •  
  •  
  •  

iplकाठमाडौं, १० वैशाख (एजेन्सी) : इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले रोमान्चक जित हात पारेको छ।

मुम्बईले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले हराएको हो।

१ सय ४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रनमा समेटियो।

दिल्लीका लागि क्रिस मोरिसले नटआउट ५३ र कागिसो राबडाले ४४ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायो। मुम्बईका बट्टलरले २८, किरोन पोलार्डले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाए।

७ खेलमा ६ खेल जितेको मुम्बई १२ अंकसहित शीर्ष स्थानमा छ। ६ खेलमा २ खेल मात्रै जितेको दिल्ली ४ अंकसहित पाँचौं स्थानमा छ।


  •  
  •  
  •